नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ

पाेखरा | कात्तिक ५, २०७९

नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ

पोखरा : नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ चयन भएका छन् । पैयुँको प्रथम अधिवेशनबाट उनी चयन भएका हुन् ।

 

उनी सँगै उपाध्यक्षमा लक्ष्मण न्यौपाने, भिम सेन, सचिवमा कमल पौडेल, सचिवमा मिन प्रसाद भुसाल, सह—सचिवमा भिम बहादुर थापा, खिमानन्द न्यौपाने, कोषाध्यक्षमा सुर्य प्रसाद न्यौपाने चयन भएका छन् । 

 

गुरुङले पैयुँका तरुणलाई एकीकृत गरी आगामी निर्वाचनमा काँग्रेसलाई जिताउने गरी लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अग्रजको सल्लाहलाई अनुसरण गर्दै युवाहरुलाई समेट्ने गरी आफु लाग्ने भनाई उनको छ । 

 

तरुण दलको सभापति भएसँगै अभि गुरुङको राजनीतिक गतिविधिले समेत सक्रियता लिएको छ । २४ वर्षको कलिलो उमेरमा नै उनले नेपाली काँग्रेसको भातृसंस्था तरुण दलको पैयुँ गाउँपालिकाको जिम्मेबारी सम्हाल्ने अवसर पाएका छन् । 

 

भन्छन्,‘यो मेरा लागि ठूलो अवसर हो । पैयुँका तरुणहरुलाई संगठीत गर्दै आगामी यात्रा तय गर्नेछु । अहिले हाम्रो मिसन भनेकै मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनु नै हो ।’ 

 

पर्वत पैयुँका काँग्रेसीहरुको मन जित्ने गरी आफुले काम गर्ने भनाई उनको छ । गुरुङलाई पर्वतबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका नेता अर्जुन जोशी र पैयुँ गाउँपालिकाका अध्यक्ष राज मल्लले खादा माला र अबिर सहित जिम्मेबारी सुम्पिएका थिए । 

 
 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्